नियम १७
मृत्यु भएमा क्षतिपूर्ति
: चियाबगानले तोकेको काम गर्दा गर्दै दुर्घटनामा परी कुनै कामदार वा कर्मचारीको तत्कालै वा उपचार गर्दा गर्दै मृत्यु भएमा निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने तीन वर्षको पारिश्रमिक बराबरको एकमुष्ट रकम त्यस्तो मृतक कामदार वा
कर्मचारीको सबै भन्दा नजिकको हकवालालाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।